Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन

बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १०:४५:१२ बजे
  • 682
    SHARES
  • बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन

    बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

    स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि पाँच सय ६८ खोप कार्यकर्ता र एक हजार एक सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

    जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।

    जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् । कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।

    सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन् ।

    भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म तीन हजार चार सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology