Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बस र अटो ठाेक्किदा ३ जनाको मृत्यु

बस र अटो ठाेक्किदा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७९ बिहिवार • १०:०१:५६ बजे
  • 679
    SHARES
  • बस र अटो ठाेक्किदा ३ जनाको मृत्यु

    पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    images

    रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित राजमार्गमा आज बिहानै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२-००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अटोमा सवार ४ जना भध्य तीन जनाको मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई अस्पतालमा लगेलगिएको तर ३ जनालाई मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ ।

    मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् ।

    उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।

    बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology