Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल–भारत सीमा क्षेत्रमा बिजुली र पानी साटासाट

नेपाल–भारत सीमा क्षेत्रमा बिजुली र पानी साटासाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७९ शुक्रवार • १६:०२:३१ बजे
  • 640
    SHARES
  • नेपाल–भारत सीमा क्षेत्रमा बिजुली र पानी साटासाट

    नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् ।

    images

    हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन । नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ । दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ ।

    विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ । पानीका स्रोत (कुवा, धारा) भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ । त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ । उता बालापुरको जरुवा क्षेत्रमा बिजुली छैन ।

    त्यसको असर भारतीय सीमा सुरक्षा बललाई पर्दछ । सुरक्षाकर्मीले आपूर्ति नेपालबाट बिजुली गरेर अभाव टार्ने गरेका छन् । त्यसैले कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ । यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ वर्ष बितिसक्यो ।

    नेपालतर्फ खानेपानी पाउँदा सुरक्षाकर्मी मात्र होइन स्थानीयवासी पनि खुसी छन् । गढवा गाउँपालिका–८ का पूर्ववडाध्यक्ष सद्दाम सिद्दिकीले पहिलेको तुलनामा खानेपानीको समस्या कम रहेको भए पनि हिउँदको समयमा भारतबाटै पानी ल्याएर काम चलाएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पानी सुरक्षाकर्मीले मात्रै होइन, निःशुल्क रूपमा स्थानीयवासीले पनि ल्याउने गरेका छौँ, उहाँहरूलाई नेपालबाट विद्युत् दिएका छौँ । नेपाल भारतको प्रगाढ सम्बन्धको उदाहरण यहाँ देख्न सकिन्छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # बिजुली र पानी साटासाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology