Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७९ शुक्रवार • १६:१३:४२ बजे
  • 835
    SHARES
  • छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

    धनुषाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ ।

    images

    जनकपुर–ढल्केबर सडक अन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिँदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जनकपुरधामबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीबार डुबेर स्थानीय भोला मण्डलको चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology