Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फोहर उठाउँदै रेडक्रसका स्वयंसेवक

फोहर उठाउँदै रेडक्रसका स्वयंसेवक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७९ शुक्रवार • १६:२७:५२ बजे
  • 778
    SHARES
  • फोहर उठाउँदै रेडक्रसका स्वयंसेवक

    मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरभित्रको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।

    images

    शुक्रबार बिहानदेखि मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउन थालेका हुन् ।

    सो अभियानमा नेरेसो काठमाडौँ शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान २ घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ ।

    ‘पहिलो दिन बागवजार,कमलादी र पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्ने काम भयो,’ शाखाका सभापति श्यामकाजी डोटेलले भने, ‘अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ ।

    सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।’ सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने डोटेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # फोहर उठाउँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology