Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकैदिन ६२३ जनामा कोरोना पुष्टि, ४८७ जना निको भए

एकैदिन ६२३ जनामा कोरोना पुष्टि, ४८७ जना निको भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७९ शुक्रवार • १६:३३:१५ बजे
  • 967
    SHARES
  • एकैदिन ६२३ जनामा कोरोना पुष्टि, ४८७ जना निको भए

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

    images

    पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

    योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन ।

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८७ जना संक्रमितहरु निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना पुष्टि,
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology