Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपत्यकाको फोहाेर व्यवस्थान गर्न १० दिन लाग्ने

उपत्यकाको फोहाेर व्यवस्थान गर्न १० दिन लाग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७९ शनिवार • १०:४३:१८ बजे
  • 514
    SHARES
  • उपत्यकाको फोहाेर व्यवस्थान गर्न १० दिन लाग्ने

    दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहाेर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ।

    images

    पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहाेर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहाेर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन। सहरका चोक, गल्लीमा लामो समयदेखि फोहाेर थुप्रिएको छ।

    साविक बमोजिम फोहाेर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहाेर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।

    उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहाेर व्यवस्थापन गर्नुपर्ने छ। विना अवरोध नियमित फोहाेर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहाेर व्यवस्थापनमा सो समय लाग्नेछ।

    फोहाेर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहाेर व्यवस्थापन कार्य हुन थालेको हो।

    याे खबर नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # फोहाेर व्यवस्थान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology