Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढे सञ्जाल प्रयोग गर्दा ख्याल गराैँ

सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढे सञ्जाल प्रयोग गर्दा ख्याल गराैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७९ सोमवार • १०:१०:२४ बजे
  • 1.1K
    SHARES
  • सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध  बढे सञ्जाल प्रयोग गर्दा ख्याल गराैँ

     केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प-यो ।

    images

    पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।

    सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो ।

    चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरु फेसबुकमा साथी बने ।

    कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले ।

    उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले ।

    योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले ।

    कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।

    अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।

    उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ ग¥यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ ।

    त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ ग¥यो ।

    नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् ।

    उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ ।

    माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ ।

    सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ ।

    फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ ।

    साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ ।

    आर्थिक वर्ष २०७८\७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ ।

    यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् ।

    यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या एक सय २७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ ।

    यसैगरी आव २०७७\७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या तीन हजार चार सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय छ पुगेको देखियो ।

    आव २०७६\७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या दुई हजार दुई सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ ।

    उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology