Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना यूएईको सम्मान

बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना यूएईको सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७९ सोमवार • १८:२८:३२ बजे
  • 868
    SHARES
  • बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना यूएईको सम्मान

    म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाईलाई मोना यूएईले सम्मान गरेको छ।

    images

    ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी रेग्मीलाई मोना यूएईले एक समारोहका बिच सम्मान गरेको हो ।

    म्याग्दीमा जन्मिएर बाल अभियान्तामा फरक पहिचान बनाउन सफल रेग्मीलाई मोना यूएईका अध्यक्ष सुवास राम्जालीले सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए ।

    12.jpg

    सोही अवसरमा बाल अभियान्ता रेग्मीले म्याग्दीलाई विश्वमा चिनाउने अभियानमा आफ्नो पनि साथ र सहयोग रहने बताईन् । ‘मैले आफ्नो माध्यमबाट पनि सक्ने सहयोग गर्छु,‘सबै मिलेर म्याग्दीलाई चिनाउँ’ अभियान्ता रेग्मीले भनिन् ।

    ‘कोरोना म’हामा’रीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्रीबितरण नगर्ने अभियान, लगायत अभियानबाट चर्चामा आएकी हुन् ।

    मोना यूएईका अध्यक्ष राम्जालीले जिल्लाको पहिचान राख्न र आफ्नो प्रतिभालाई प्रस्तुत गरेको भन्दै अभियान्ता रेग्मीलाई धन्यवाद दिएका थिए ।

    13.jpg

    सम्मान तथा स्वागत कार्यक्रमको अध्यक्षता राम्जाली, स्वागत सचिव नर छन्त्याल र सञ्चालन महासचिव काजीमान बुढाथोकीले गरेका थिए ।-

  • सम्बन्धित विषय:

  • # मोना यूएईको सम्मान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology