Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ६५८ जनामा कोरोना संक्रमण

थप ६५८ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७९ सोमवार • १८:४०:५० बजे
  • 1.1K
    SHARES
  • थप ६५८ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा नेपालमा थप छ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ पुगेको छ ।

    आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ५६ जना घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ ।

    अहिलेसम्म ११ हजार नौ सय ९३ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भइसकेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु र डोल्पा रहेका छन् ।

    हाल होम आइसोलेसनमा चार हजार एक सय ३४, संस्थागत आइसोलेसनमा एक सय ६२, सघन उपचार कक्ष (आइसियु)मा ५० र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३८ हजार १५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology