Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकैदिन ४८७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

एकैदिन ४८७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • १७:३५:१६ बजे
  • 712
    SHARES
  • एकैदिन ४८७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

    images

    पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १७७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २९८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ ।

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९५ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ९३८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # एकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology