कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख १३ हजार २ सय ५६ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ८३ लाख १६ हजार ३ सय ६८ पुगेको छ । त्यसमध्ये २ करोड ३ लाख २८ हजार ४ सय २० जना निको भएर फर्किएका छन् । संक्रमितमध्ये ६० हजार ८ सय ६१ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै भारतमा १ हजार २ सय १३ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ६२ र ब्राजिलमा ९ सय २२ जनाको ज्यान गएको छ । मेक्सिकोमा ६ सय ११, अर्जेन्टिनामा २ सय ४९, कोलम्बियामा २ सय २२, रसियामा १ सय २८, इरानमा १ सय २९ र पेरुमा १ सय ८ जनाको ज्यान गएको छ ।