Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हिलेसम्मकै ठूलो परिमाणमा खाद्यान्न जफत, १४ लाखको खाद्यान्न नष्ट

हिलेसम्मकै ठूलो परिमाणमा खाद्यान्न जफत, १४ लाखको खाद्यान्न नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १०:०५:११ बजे
  • 1.1K
    SHARES
  • हिलेसम्मकै ठूलो परिमाणमा खाद्यान्न जफत, १४ लाखको खाद्यान्न नष्ट

    भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा आज छापा मारी रु १४ लाख बराबरको विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा कीरा परेको, कुहिएको चामल, दाल र तेल जफत गरी नष्ट गरेको हो ।

    व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरी राखेको खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुनः प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

    सहायक प्रजिअ शर्माले भने, ‘उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौँ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरी विभिन्न ब्राण्डका नयाँ बोरामा पुनःप्याकिङ गरी बिक्री गरिँदो रहेछ ।’

    व्यापारीले गोदामघरमै मेसिन राखी बोरामा कुहिएका, घुन र कीरा परेका चामललाई मेसिनमा राखेर कीरा, घुन छुट्याई, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर त्यहीँ सिलाएर पुनःबिक्री गर्ने गरेको पाइएको उनले जानकारी दिए ।

    टोलीले गोदाम घरबाट आज छ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल र ६३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

    उनले भने, ‘अब फेरि बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापरवाहीको पराकाष्ठा देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता सङ्गठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेथितिलाई रोक्न सकिँदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनुपर्यो अनि मात्रै रोक्न सक्छौँ ।’

    उनले म्याद गुज्रेको सामान पुनःबिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार आजै रु तीन लाख जरिवाना गरिएको जानकारी दिए ।

    अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको उल्लेख गरे । उनले यसैलाई आधार मानेर अरु व्यापारीलाई पनि यस्ता गल्ती नगर्न सचेत गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology