Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलालले मध्यरातमा गर्छन् मानव तस्करी

दलालले मध्यरातमा गर्छन् मानव तस्करी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १०:११:०८ बजे
  • 706
    SHARES
  • दलालले मध्यरातमा गर्छन् मानव तस्करी

    भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो ।

    images

    दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय अमेरिकी डलर हातमा थमाएर बुधबार बिहान साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएका सम्झनासहित ३९ जना महिला यतिबेला माइत संरक्षणमा छन् ।

    मकवानपुरकी २७ वर्षीया सुनिता परियार (नाम परिवर्तन) भिजिट भिसामा दुबई उड्न विमानस्थल पुग्दै गर्दा कुन ठाउँ जाने र कसलाई भेट्नेसम्म पत्तो थिएन ।

    दलालले विमान टिकट, अमेरिकी डलर तथा आवश्यक काजपत्र हातमा थमाएर हतार हतार विमानस्थल पुर्याएकी उहाँलाई कुन कागजपत्र कहाँ देखाउने भन्नेसमेत जानकारी थिएन । प्रहरीले उहाँलाई उद्धार गरी माइती नेपालमा पुर्याएको छ ।

    नक्कली काजपत्र तयार गरी भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी हुन थालेपछि नियन्त्रणका लागि नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले विशेष अपरेसन सुरु गरेको छ ।

    सुरक्षा कार्यालयले बुधबार र बिहीबार विभिन्न उडानबाट दुबई जान लागेका ९२ महिला र ८४ पुरुष गरी जम्मा १७६ जनालाई फिर्ता गराई माइती नेपालको जिम्मा लगाएको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले भिजिट भिसाको आवरणमा मध्यरातमा हुने उडानमार्फत खुलेआम मानव तस्करी हुन थालेको सूचनापछि नियन्त्रणका लागि विशेष अपरेसन सुरु गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भिजिट भिसामा जान लागेका यात्रुको कागजपत्र शङ्कास्पद छ । सोधपुछका क्रममा कसलाई भेट्न कहाँ जान लागेको भन्नेबारे समेत उनीहरूलाई जानकारी छैन ।

    मानव तस्करीमा पर्ने आशङ्का देखिएपछि फिर्ता गरिएको हो ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मानव तस्करी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology