Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकैदिन १७३ जनामा कोरोना पुष्टि, ३९६ जना निको भए

एकैदिन १७३ जनामा कोरोना पुष्टि, ३९६ जना निको भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १७:४५:५९ बजे
  • 559
    SHARES
  • एकैदिन १७३ जनामा कोरोना पुष्टि, ३९६ जना निको भए

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

    images

    पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ६ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ००२ पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९६ जना संक्रमितहरु निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ५९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # ३९६ जना निको भए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology