Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

२० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • २०:२१:०७ बजे
  • 631
    SHARES
  • २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

    तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो ।

    images

    नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् ।

    यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ । नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो ।

    सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुगेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए । नगरपालिकाले नगरभित्रका नागरिकको सेवाका लागि न्यूनतम २० युनिट बराबरको महसुल रु ३० तिरिदिने थालेको भए पनि त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैँ बुझाउनुपर्ने उहाँले बताए ।

    मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ ।

    सो सम्झौतापछि उपभोक्तालाई घण्टौँ टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । म्याङ्लुङ बजार र आसपासका मुख्य चोकमा १२ वटा बत्ती बालिएका छन् । प्राधिकरणले सडक बत्तीको मात्रै मासिक रु ८० हजार महसुल उठ्ने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology