Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंमा दुर्घटना : प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते

काठमाडौंमा दुर्घटना : प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • ०९:४९:३० बजे
  • 661
    SHARES
  • काठमाडौंमा दुर्घटना : प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते

    गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

    images

    काठमाडौंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको हो । नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको छ ।

    उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए ।

    दुर्घटनामा घाइते भएका जोरपाटी निवासी ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र २० वर्षीय रोजित गाइजुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # काठमाडौंमा दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology