Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १२:३३:१२ बजे
  • 736
    SHARES
  • भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

    भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार गत बुधबारदेखि शनिबारसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको हो ।

    रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन् । महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको बताइएको छ ।

    उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि प्रहरीले रोकेको जनाएको छ । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology