Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पर्बतमा २९६ एम्पुल लागु औषध सहित ४ जना पक्राउ

पर्बतमा २९६ एम्पुल लागु औषध सहित ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • २१:११:२५ बजे
  • 799
    SHARES
  • पर्बतमा २९६ एम्पुल लागु औषध सहित ४ जना पक्राउ

    पर्बतमा २९६ एम्पुल लागु औषध सहित ४ जना पक्राउ परेका छन ।

    images

    पर्बत मोदी गाउँपालिका वडा नं. ५ बाजुङका सचिन सार्की, तनहु सुक्लागण्डकी न.पा वडा नं.१ दुलेगौडा का अजय पुन र पर्बत मोदी गाउँपालिका वडा नं. २ का बर्ष २९ दिनेश गर्वुजा पुन र बिजय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले बिशेष सुराकिको आधारमा सचिन सार्की र अजय पुनबाट लागुऔषध Phenergan १६ एम्पुल, DIAZEPAM १६ एम्पुल , NOOPHIN १६ एम्पुल बरामद गरेको छ ।

    66.jpg

    प्रहरीले सचिन सार्कीको घरकोठा खानतलासी गर्दा Phenergan ५ एम्पुल, DIAZEPAM ५ एम्पुल र ५ एम्पुल गरी जम्मा १५ एम्पुल गरी जम्मा ६३ एम्पुल बरामद गरेको जनाएको छ ।

    त्यसैगरी लागु औषध सेवन तथा बिक्रि बितरण गर्दै आएको विशेष सुराकीको आधारमा दिनेश गर्वुजा पुन र बिजय पुनलाई दिनेश गर्वुजा पुनको घर कोठामा बसिरहेको अबस्थामा फेला पारी निजहरुको शरीर तथा निजहरु बसिरहेको कोठामा खानतलासी गर्दा लागुऔषध Phenergan ७९ एम्पुल, DIAZEPAM ७६ एम्पुल, NOOPHIN ७८ एम्पुल गरी जम्मा २३३ एम्पुल र प्रयोग नभएको सिरिन्ज थान-३ बरामद गरेको जनाएको छ ।

    22.jpg

    उनीहरुलाई लागु औषध सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी आजै पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन १० को म्याद थप प्रदान भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology