Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु

पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७९ सोमवार • ०९:५९:०६ बजे
  • 871
    SHARES
  • पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु

    जाजरकोट । रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ, भने अर्की छोरी घाइते भएकी छन् ।

    images

    आइतबार जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन् ।

    अहिले तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त रहेकी बताइएको छ ।

    आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै गरेका बालमती र उनकी छोरीहरु पानी परेपछि रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।

    सोही क्रममा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । त्यसपछि उनीहरुको प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # आमा र छोरीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology