Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह

अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७९ सोमवार • १०:०१:५१ बजे
  • 667
    SHARES
  • अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह

    पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।

    images

    महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे। पार्किङ प्रयोजनको लागि बनेका भवनमा व्यापार देखि दोहोरी पसल सञ्चालन भएपछि पोखरा महानगरले पुनः ३५ दिने सूचना जारी गरी खालि गर्न भनेको छ।

    ३५ दिनभित्र खाली नगरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

    पोखरा महानगर मेयर धनराज आचार्यका अनुसार एक महिना अगाडि नै महानगरले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन पत्राचार गरेको थियो । तर, घरधनीले अटेर गरेका कारण महानगरले पुनः पत्राचार गरेको हो ।

    महानगरको आग्रहलाई अटेर गरे महानगर आफैँले हटाउने र त्यसबापतको क्षतिपूर्ति समेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी दिए।

  • सम्बन्धित विषय:

  • # पोखरा महानगरको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology