Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रशिक्षक अलमुताइरीका कारण एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

प्रशिक्षक अलमुताइरीका कारण एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • ०९:३९:४० बजे
  • 874
    SHARES
  • प्रशिक्षक अलमुताइरीका कारण एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियम तोड्दा अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले ७ हजार अमेरिकी डलर (झन्डै ९ लाख) जरिवानामा तिराउने भएको हो ।

    images

    एएफसीको अनुशासन समितिले १४ जुन २०२२ मा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र इन्डोनेसियाबीच खेलमा भएको दुई फरक घटनालाई लिएर कारवाही गर्ने निर्णय लिएको हो ।

    एएफसीको अनुशासन समितिको बैठकले इन्डोनेसियाविरुद्ध खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी निलम्बनमा रहेपनि खेलअघि टिमको ड्रेसिङ रुममा प्रवेश गरेको र अन्य व्यक्तिको एक्रेडीटेसन कार्ड प्रयोग गरि खेलपछि मैदान प्रवेश गरेको भन्दै एएफसीले ६ हजार अमेरिकी डलर जरिवाना गराएको छ ।

    यसमा एन्फाले १ हजार ५ सय अमेरिकी डलर ९० दिन भित्र तिर्नुपर्ने छ । बाँकी ४ हजार ५ सय डलर भने दुई वर्षका लागि निलम्बन गरिएको छ ।

    यदि दुई वर्षको अन्तरालमा यस्तै घटना दोहोरिए एएफसीले पूरा रकमका साथसाथै नयाँ घटनाको लागि बेग्लै जरिवाना तिराउने उल्लेख गरेको छ ।

    निलम्बित अलमुताइरी ड्रेसिङ रुममा भेटिएको उक्त खेलमा नेपाली टोली ढिलो गरि मैदान प्रवेश गर्दा खेल ढिलो सुरु भएपछि थप १ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एएफसीले उक्त घटनामा हाललाई २ सय ५० अमेरिकी डलर ९० दिनभित्र तिर्न भनेको छ ।

    बाँकी ७ सय ५० डलर भने दुई वर्षका लागि निलम्बन गरिएको छ । यदि दुई वर्षको अन्तरालमा यस्तै घटना दोहोरिए एएफसीले पूरा रकमका साथसाथै नयाँ घटनाको लागि बेग्लै जरिवाना तिराउने उल्लेख गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology