Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशभरीका जेलमा अवैध धन्दा,कैदी छुटाउन पैसा लेनदेन

देशभरीका जेलमा अवैध धन्दा,कैदी छुटाउन पैसा लेनदेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • ०९:४७:५९ बजे
  • 808
    SHARES
  • देशभरीका जेलमा अवैध धन्दा,कैदी छुटाउन पैसा लेनदेन

    देशभरीका जेलमा अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ । कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ ।

    images

    महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन । घिमिरेले केन्द्रीय कारागारमा रानीबारी हत्याकाण्डका कैदी मनराज गुरुङलाई चौकीदार बनाएका छन् । केन्द्रीय कारागारमा हालीमुहाली जमाउँदै आएको समूहकै सेटिङमा उनी चौकीदार बनेका हुन् ।

    उनलाई घिमिरेले जेल बाहिर निस्कने अधिकार समेत दिएको कारागार स्रोत बताउँछ । महानिर्देशक घिमिरेसँग मनराजको दोस्ती भएकाले जेलर डोरेन्द्र निरौला समेत निरिह बनेका छन् ।

    यही समूहले केन्द्रीय कारागारमा पसल सञ्चालनको ठेक्का हात लिएर कैदी–बन्दीमाथि शोषण गर्दै आएको छ । नियमअनुसार कैद पाएर छुट्नेलाई पनि उनीहरुले कारागार प्रशासनसँग मिलेर पैसा दिएमात्र छुटाउने गरेका छन् । यसअघि झुम्का कारागारमा पनि महानिर्देशक घिमिरेले चलखेलकै आधारमा चौकीदार राखेका थिए ।

    पछि लेनदेन नमिलेपछि हाल नयाँ चौकीदार बनाउन चलखेल भइरहेको छ । यसबारे विभिन्न निकायमा उजुरी परेपछि छानबिन हुन सकेको छैन ।

    यसअघि पनि निमित्त महानिर्देशक, तथा निर्देशक भएर कारागार व्यवस्थापन विभागमा बसेका घिमिरे यसपटक मागेरै त्यहाँ पुगेका हुन् । जेलभित्रको आर्थिक चलखेलमा पहिलेदेखि नै लेनदेन गर्दै आएकाले उनले यतीबेला ठूला जेलहरुमा सेटिङ चलाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology