Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथाको आधार शिविर पुर्‍याइने

विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथाको आधार शिविर पुर्‍याइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १०:०५:१० बजे
  • 745
    SHARES
  • विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथाको आधार शिविर पुर्‍याइने

    यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ।

    images

    विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले जानकारी दिए।

    उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ। क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन्।

    ‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो। टी-ट्वान्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो।

    टी–ट्वेन्टी विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो।

    गत जुलाईमा अस्ट्रेलियाको मेलवर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology