नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउमा सामान्य वृद्धि भएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला प्रतितोला ३ सय रुपैयाँले बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेको मुल्यसहित आज छापावाल सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि, सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।