Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालले जित्यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

नेपालले जित्यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १९:४६:१२ बजे
  • 706
    SHARES
  • नेपालले जित्यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

    पाँचौं टि-२० आई खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ ।

    images

    नेपालले पाँच टि-२० आई खेलको सिरिज ३-२ ले जित्न सफल भएको हो । जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।

    केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए ।

    नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

    त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

    नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो ।

    अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology