Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नाच चलिरहेकाे ठाउँमा चट्याङ : २ महिलाको मृत्यु

नाच चलिरहेकाे ठाउँमा चट्याङ : २ महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • १०:४०:४३ बजे
  • 694
    SHARES
  • नाच चलिरहेकाे ठाउँमा चट्याङ : २ महिलाको मृत्यु

    दाङ । घोराही उपमहानगरपालिकामा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ ।

    images

    १२ नं वडाकाे गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । चट्याङ लागेर अरू १० जना घाइते भएका छन् ।

    घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # २ महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology