Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चार महिलाले दिए उजुरी अध्यागमन कर्मचारी पनि छानबिनमा

चार महिलाले दिए उजुरी अध्यागमन कर्मचारी पनि छानबिनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • १७:५२:०२ बजे
  • 1.1K
    SHARES
  • चार महिलाले दिए उजुरी अध्यागमन कर्मचारी पनि छानबिनमा

    भिजिटि भिसामा विदेश लैजाने गिरोहमाथि प्रहरीले छानबिन सुरु गरेको छ । पीडितहरुले उजुरी दिन थालेपछि यसमा छानबिन थालिएको छ । मानवतस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा दुई सय ६८ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ ।

    images

    प्रहरीले कडाई गरेसँगै भिजिट भिसाका नाममा खाडीमा काम खोज्न जाने क्रम रोकिएको छ । भिजिट भिसामा मानवतस्करी बढेको गुनासोपछि प्रहरीले गत ७ भदौदेखि कडाई थालेको थियो । शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउदै आएको थियो ।

    छानबिनको क्रममा ती कागजपत्र नक्कली भएको समेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई दुबई हुँदै सिरिया र इरानमा बिक्रिका लागि लैजान लागिएको समेत पुष्टि भएको छ । एक सातामा फकाईएकामध्ये एक सय २० जना महिला छन् । उनीहरुलाई हाउसमेडको काम लगाइदिने भन्दै दलाल समूहले कुवेत र दुबई हुँदै अन्य देशमा लगेर बिक्रि गर्न लागिएको अनुसन्धानमा खुलेको छ ।

    यसरी फर्काइएकामध्ये चार जनाले मानवतस्करीका नाइकेविरुद्ध उजुरी दिएका छन् । ‘विमानस्थलबाट फर्काएका महिलाहरुले उजुरी दिइरहनुभएको छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले भने,‘उहाँहरुलाई सिरिया, यमन जस्ता देशमा लगेर बिक्रि गर्न लागेको खुलेको छ । हामीले मानवतस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौं ।’

    विदेशमा रहेका गिरोहमाथि समेत प्रहरीको सिआइबी र मानव बेचबिखन ब्यूरोले छानबिन थालेको छ । छानबिनमा अध्यागमनका कर्मचारीहरु समेत पर्ने प्रहरी अधिकारी बताउँछन् । ब्युरोले अन्य पीडितहरुलाई पनि परामर्श दिइरहेको छ ।

    कमजोर आर्थिक अवस्था भएका ग्रामिण क्षेत्रका महिलाहरुलाई दलाल समूहले त्यसरी रोजगारीको प्रलोभनमा खाडी देश लैजान लागेको थियो । त्यसरी गएकामध्ये धेरै समस्यामा परेको र आफुहरुले उद्धार समेत गर्दै आएको एसपी मल्ल बताउँछन् ।

    विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतोको आशंकामा भिजिट भिसामा जाने क्रम बढेपछि प्रहरीले यस्तो धन्दा रोक्न अग्रसरता लिएको हो ।

    प्रहरीको कडाईसँगै पछिल्लो दिनमा भिजिट भिसामा जाने क्रम रोकिएको छ । केही दिनयता भिजिट भिसामा खाडी जाने एकदमै कम आइरहेको विमानस्थल प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले बताए ।

    ‘भिजिट भिसामा जानेहरु समस्यामा नपरुन् भन्ने उदेश्यले हामीले कडाई थालेका हौं,’ उनले भने,‘काम बिशेषले नै जान लागेकालाई दुःख दिएका छैनौं ।’ भिजिट भिसामा सबैभन्दा धेरै यूएई जाने गरेका छन् ।

    पछिल्लो नौ महिनामा ५१ हजार भन्दा धेरै यूएई गएको र त्यसमध्ये आधा नफिर्कएकाले उनीहरु त्यहाँबाट जागिर खोज्न विभिन्न देश पुगेको आशंका गरिएको छ ।

    बैदेशिक रोजगारदेखि सुन तस्करीमा जाने व्यक्तिहरुको अध्यागमनमा सेटिङ रहेको विगतमा खुल्दै आएको छ । तर, गृह मन्त्रालयले अध्यागमनका कर्मचारीलाई जोगाउँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी पनि छानबिनमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology