Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७९ बिहिवार • १०:१९:२४ बजे
  • 325
    SHARES
  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध

    लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्व भएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बिहीबार बिहान माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।

    घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।

    बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ। यसअघि पनि पानी पर्नासाथ चितवन-मुग्लिन सडक खण्ड अवरूद्ध हुँदै आएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology