भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौं महानगरलाई मनोरञ्जन कर बुझाएको छ ।
काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो । फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न तयार भएको हो ।
फनपार्कका अधिकारीले कर बुझाएको महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताएका छन् ।
बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घण्टाभित्र तिर्न पत्र काटेको थियो । उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो । तर, उक्त पत्र फनपार्कले लिन मानेन ।
पत्र बुझ्न नमानेपछि महानगरपालिकाले बिहीबार दिउँसो पत्र टाँस्ने र त्यसपछि पनि अटेरी गरे शिलबन्दी गर्ने चेतावनी दिएको थियो ।