Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • ०९:३७:१७ बजे
  • 724
    SHARES
  • पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक अवरुद्ध

    शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका-६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।

    images

    सडकमाथिबाट पहिरो खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए ।

    ‘वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ’, उनले भने ।

    अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे-४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ ।

    सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए ।

    पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology