Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपचार गर्न भारत बोलाइ ज्वाइँले आगो लगाएर छोरीको हत्या गरेको माइतीकाे आरोप

उपचार गर्न भारत बोलाइ ज्वाइँले आगो लगाएर छोरीको हत्या गरेको माइतीकाे आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • १५:०७:४९ बजे
  • 562
    SHARES
  • उपचार गर्न भारत बोलाइ ज्वाइँले आगो लगाएर छोरीको हत्या गरेको माइतीकाे आरोप

    अछाम । पञ्चदेवल विनायक-६ तोलीका २५ वर्षिया देबु विकको उनकै श्रीमान जनक विकले हत्या गरेको माइति पक्षले बताएका छन् । भारतमा रहेका जनकले बिरामी छोरीलाई उपचारका लागि बोलाएर आगो लगाएर हत्या गरेको देबुका बुबा मौरे विकले बताए । भदौ ७ गते मुम्बईमा आगो लगाएको र उपचारका क्रममा १२ गते मृत्यु मौरेले बताए ।

    images

    ‘शरिरमा डीजेल छर्केर आगो लगाइ गम्भीर घाइते भएपछि अस्पताल लगेछन् । यो खबर सुनेपनि म गएँ,’ उनले भने, ‘मुम्बईको जीजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसपछि कोलाबा प्रहरी चौकीमा उजुरी गरेँ । तर, प्रहरीले घटनालाई सामान्य रुपमा लिएर जनकलाई छाडिदियो ।’ त्यसपछि जनक सम्पर्कमा छैनन् ।

    अस्पताल र प्रहरीले दबाब दिएपछि छोरीको शव बुझेर दाहसंस्कार गरेको मौरेले बताए । छोरीको मृत्युका विषयमा सत्यतथ्य पत्ता लगाइदिन उनले नेपाल प्रहरीसँग अनुरोध गरेका छन् ।

    ‘पराई देशमा लगरेर छोरीलाई जिउँदै शरीर जलाएर माँरे । निरिह भएर दाहसंस्कार गरेँ,’ उनले भने, ‘श्रीमानले उपचार गर्लान् भनेर गएकी पापीले ज्यानमै आगो लगाइदियो । अधिकारकर्मी, प्रहरी, प्रशासन, स्थानीय सरकार छोरीको हत्यारालाई कारबाहीको दायरामा ल्याइदिनुपरो ।

    छोरी त मरी मरी तर न्याय नमरोस् ।’ देबु परिवारकी मायली छोरी हुन् । २०७१ मंसिरमा उनको जबरजस्ती विवाह भएको दाजु भरतले सुनाए । भरतका अनुसार गाउँमै विवाह हेर्न गएकी उनलाई सोही वडाको गौंतिबग्णका जनकले जबर्जस्ती गरेर तानेरे लगे । त्यसपछि परिवारको आग्रहमा इज्जतको ख्याल गर्दै विवाह गर्न सहमत भइन् ।

    जनकको घरको वातावरण राम्रो थिएन । उनका २ सन्तान भए । छोरा साढे ६ र छोरी साढे ३ वर्षकी छन् । जनक भारतको पुनामा रोजगारीका लागि गएका थिए । देबुको पेटमा समस्या देखिन थाल्यो । जनकले उपचारका लागि बोलाए । त्यसपछि उनी भारत गइन् । तर, उनी पुग्नासाथ जनकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्न थाले ।

    त्यसपछि उनी देबु र सँगै गएकी छोरीलाई लिएर मुम्बई पुगेका थिए । मुम्बईमा थप विवाद भएपछि आगो लगाएको दाजु भरतले बताए ।

    यस घटनाका विषयमा आफूहरूलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय अछाका इन्स्पेक्टर कैलाश विष्टले बताए । ‘घटना भएकोबारे प्रहरीमा हालसम्म जानकारी छैन,’ उनले दृष्टि न्यूजसँग भने, ‘यही भएको हो भने पनि भारतमा भएको हुनाले हामीले केही गर्न सक्दैनौं । आफू शनिबार भारतबाट आइपुगेको हुँदा सोबार प्रहरीमा उजुरी गर्ने भरतले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology