Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन

खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७९ सोमवार • १२:०३:०८ बजे
  • 535
    SHARES
  • खुला दिसामुक्त भएकाे ३ वर्षसम्म दलित बस्ती शौचालयविहीन

    डाँक्नेश्वरी नगरपालिका-५ तरहीको सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । उक्त बस्तीको कुनै पनि घरमा शौचालय छैन । दिसा पिसाबका नजिकैको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताइन् ।

    images

    ‘यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गरेको छ । अर्कातिर विभिन्न सरुवा रोगहरूले सताइरहन्छ ।’ नगरपालिकाले सबै वडाका घरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय छन् ।

    मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्तीमा शौचालय बनाउन कसैले चासो नदिएको सदाको भनाइ छ । आफ्नो जग्गा नहँुदा बनाउन नसकिएको स्थानीयले जनाएका छन् ।

    ‘शौचालय त चाहिन्छ । बनाउने इच्छा पनि छ,’ स्थानीय रामदेव सदाले भने, ‘तर शौचालय बनाउने जग्गा छैन । मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौं ।’

    सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाका रुपमा काम गर्दै आएका छन् । ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ ।

    ‘मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ,’ राधादेवी सदाले भनिन्, ‘शौचालय बनाउन कम्ती पनि १५÷२० हजार लाग्छ । त्यति पैसा कहाँबाट बनाउनु ? ।’

    दलित समुदायमा शौचालयको ठूलो समस्या रहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहेका स्थानीय नरेश सदाको भनाइ छ ।

    ‘शौचालयका लागि संस्था र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौं, तर मुख्यतः जग्गाको अभाव छ,’ उनले भने । सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी-५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology