Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

मलेसिया नेपालीहरूकाे पहिलो श्रम गन्तव्य

मलेसिया नेपालीहरूकाे पहिलो श्रम गन्तव्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • ०९:५९:५२ बजे
  • 220
    SHARES
  • मलेसिया नेपालीहरूकाे पहिलो श्रम गन्तव्य

    चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ ।

    images

    वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् ।

    साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

    काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुभयो ।

    चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ १५ गतेसम्म अझै बढेको छ । उहाँका अनुसार साउन महिना ६५ देशका लागि ६३ हजारले श्रमस्वीकृति लिनेकोमा करिब ४० प्रतिशतले मलेसियाका लागि लिएका थिए भने भदौ १५ गतेसम्म ३५ हजार जनाले श्रम स्वीकृति लिएकोमा लगभग ४९ प्रतिशतले मलेसियाका लागि मात्रै लिएका छन् ।

    याे खबर गाेरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # पहिलो श्रम गन्तव्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology