Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हटाइए

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हटाइए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • १०:०१:४२ बजे
  • 940
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हटाइए

    गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ।

    images

    मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउनुभयो।

    पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताए।

    भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले झन्डै तीन सय युवालाई विमानस्थलबाट फिर्ता गरेको थियो।

    उक्त घटनामा अध्यागमन विभागका कर्मचारीको मिलेमतोको आशङ्का गरिएको छ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology