Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • १०:०३:५५ बजे
  • 268
    SHARES
  • पर्यटक भिसामा विदेश जान सरकारको कडाइ

    पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो।

    images

    कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ ।

    पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ।

    कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टका साथै आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

    आजको कारोबार दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # पर्यटक भिसामा विदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology