Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी

सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १०:३६:५९ बजे
  • 733
    SHARES
  • सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो ।

    images

    गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।

    ‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो । ्क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ ।

    उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको जनाइएको छ । बलात्कारको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology