Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १२:००:०३ बजे
  • 592
    SHARES
  • भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

    बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

    images

    दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामति सेवा र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

    १० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।

    तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

    हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ ।

    सरकारले सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन । पछिल्ला केही वर्षयता याे पुरस्कार कसैले पाउन सकेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology