Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लामिछानेविरुद्ध उजुरीमा प्रहरीले थाल्यो अनुसन्धान,पीडित नावालिग भन्छिन् – ‘जानाजान् रात पारेर ११ बजे होटल पुर्यायो

लामिछानेविरुद्ध उजुरीमा प्रहरीले थाल्यो अनुसन्धान,पीडित नावालिग भन्छिन् – ‘जानाजान् रात पारेर ११ बजे होटल पुर्यायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १२:०२:४३ बजे
  • 1.4K
    SHARES
  • लामिछानेविरुद्ध उजुरीमा प्रहरीले थाल्यो अनुसन्धान,पीडित नावालिग भन्छिन् – ‘जानाजान् रात पारेर ११ बजे होटल पुर्यायो

    राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जानाजान रात पारेर आफूमाथि बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष वयान दिएकी छन् । हाल क्यारेवियन लिग खेल्न देश बाहिर रहेका कप्तान लामिछानेबिरुद्ध पीडित भनिएकी नाबालिग किशोरीले मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।

    images

    आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बलात्कार गरेको पीडितकाे भनाइ छ ।

    प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लाे दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

    उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए ।

    त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताएको बताइएको छ । होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।

    उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बलात्कार गरेको पीडितले प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ ।

    प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।

    सन्दिप लामिछानेविरुद्ध परेको उजुरीमा अनुसन्धान सुरु

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको उजुरीमा अनुसन्धान सुरु भएको छ ।
    एक १७ वर्षीया नाबालिकाले आफूमाथि लामिछानेद्वारा जबरजस्ती करणी भएको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जोहरीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हाे ।


    अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले जनाएको हो ।

    जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology