Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर ४ जनाको मृत्यु

करेन्ट लागेर ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १४:३८:४४ बजे
  • 637
    SHARES
  • करेन्ट लागेर ४ जनाको मृत्यु

    कपिलवस्तु, कैलाली, सप्तरी र सर्लाहीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

    images

    घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सप्तरीको रौतहट इशनाथ नगरपालिका–९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका–५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

    आफ्नै पसलमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका–१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाइबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

    आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology