Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युएईमा २४ जना नेपालीको मृत्यु

युएईमा २४ जना नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १४:४९:३८ बजे
  • 682
    SHARES
  • युएईमा २४ जना नेपालीको मृत्यु

    एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ ।

    images

    गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।

    मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए ।

    ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।

    गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology