Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • ०९:४०:०२ बजे
  • 841
    SHARES
  • सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

    नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।

    images

    प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।

    डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’

    डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्दीप माथि भदौ ५ गते एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।

    जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका गएका छन् । अहिले सन्दीपमाथि प्रहरीले चौतर्फी अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # नियन्त्रणमा लिइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology