Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै दिन ८ सय कर्मचारीको सरुवा

एकै दिन ८ सय कर्मचारीको सरुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • ०९:४१:०५ बजे
  • 757
    SHARES
  • एकै दिन ८ सय कर्मचारीको सरुवा

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ ।

    images

    सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।

    आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबै जना एक स्थानीय तहबाट अर्को स्थानीय तहमा गएका छन् ।

    आजको राजधानी दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # ८ सय कर्मचारीको सरुवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology