चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको पिसिआर परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला प्रमुख ड.नीतु अधिकारीद्वारा प्रकाशित सूचनाअनुसार गए राति १२ बजेसम्म ५ सय ३३ वटा नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना रहेका छन् ।जसअनुसार कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरी ८ जना, खैरहनीका दुई महिला र दुई पुरुष गरी ४ जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
