Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निहारिका प्रकरण : अदालतमा हाजिर भए आरोपित शिवराज

निहारिका प्रकरण : अदालतमा हाजिर भए आरोपित शिवराज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १६:३९:११ बजे
  • 445
    SHARES
  • निहारिका प्रकरण : अदालतमा हाजिर भए आरोपित शिवराज

    निहारिका राजपुतबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् ।

    images

    यसअघि उच्च अदालत जनकपुरले निहारिकाको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेका थिए । निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो ।

    निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएका छन्। तर आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् ।

    धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology