Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानको तयारी

सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १८:४१:०७ बजे
  • 499
    SHARES
  • सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानको तयारी

    नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ ।

    images

    सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ ।

    सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो ।

    क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो । सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।

    सन्दीपले आफू निर्दोष रहेको भन्दै क्यानसँग कानुनी सहायताका लागि अपिल गरेका छन् । सन्दीपले खेल सकिने बित्तिकै नेपाल फर्कने क्यानलाई बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology