Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • ०८:५९:५९ बजे
  • 883
    SHARES
  • भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि

    भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

    images

    अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो ।

    बिहीबार दिउँसो सघन उपचार कक्षमा खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए । उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो ।

    यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology