अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी आउँदा ठूलो क्षति पुर्याएको छ ।
बाढीले सदरमुकाम खलंगाको बंगाबगडमा दर्जन बढि घर बगाउदा २ जनाकाे मृत्यु भएकाे र एकै परिवारका ४ जना सम्पर्कविहीन भएकाे दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।
शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको हो । बाढीका कारण नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
बाढीले अहिलेसम्म करिब डेढ दर्जन घरहरू र पुलमा क्षति पगेको छ । मोटर पुल र झोलुंगे पुल बगेका छन् भने केही घर कटानमा परेर बगेका छन् । रोकेर राखेका सवारी साधन समेत बढेको बताइएको छ ।
बाढीको त्रासले मानिसहरू रातिदेखि नै घरबाहिर निस्किएका छन् । बाढीमा ११ जना बेपत्ता रहेको जनाइएको छ भने लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी राखेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ । उनले बताए । हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।