Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७९ शनिवार • ११:५९:३७ बजे
  • 295
    SHARES
  • बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

    सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।

    images

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व।एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

    सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ।

    त्यस्तै बेलायतकी महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो ।

    महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही बिहीबार निधन भएको हो।

  • सम्बन्धित विषय:

  • # नेपालमा तीन दिन शोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology