Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७९ शनिवार • १२:०५:११ बजे
  • 526
    SHARES
  • सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

    बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका(११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो ।

    images

    महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार सर्पले डसेको थियो । लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्याएको आफन्तले जनाएका छन् ।

    त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

    मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

    जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

    जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology